15/10/2026
“Walk for Peace” America (शान्तिका लागि पदयात्रा अमेरिका) का प्रेरणाका स्रोत पूज्य भन्ते भिक्षु पन्नाकरज्यू तथा सहयात्री बौद्ध भिक्षुज्यूहरूको हार्दिक स्वागत, सम्मान तथा अभिनन्दन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
नेपालिज बौद्ध एसोसिएसन, टेक्ससको सहकार्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा सम्पन्न यस गरिमामय कार्यक्रममा विश्व शान्तिको कामनासहित शान्ति ध्यान, सम्मान प्रदान गरिएको थियो। सो अवसरमा भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा उपस्थित भई विश्वशान्तिको सन्देश प्रवाह गर्नुभएको यस पावन अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको तर्फबाट नगरप्रमुख कल्पना हरिजन ज्यू बाट श्रद्धेय भन्ते भिक्षु पन्नाकरज्यू तथा उहाँका सहयात्री भिक्षुज्यूहरूलाई प्रशंसापत्र, मायाको चिनो तथा खादा अर्पण गरी सम्मान एवं अभिनन्दन गर्नु भएको थियो ।
यस विशेष अवसरमा पाल्नुभएका तथा सहयोग समन्वय गर्नुहुने सम्पूर्ण पूज्य लुम्बिनीका विहारका भन्तेज्यूहरू, गुरुजनहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथिज्यूहरू, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, होटल संघ, चेम्बर अफ कमर्स, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा बुद्ध परिपथका नगरपालिकाहरू लगायत सम्पूर्ण सरोकारवालाहरूमा लुम्बिनी सांस्कृतिक नगरपालिका परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
भगवान् बुद्धको करुणा, मैत्री र शान्तिको सन्देश विश्वभर फैलिरहोस्! 🙏✨
Pic : Lumbini Sanskritk Official