Molung - मोलुङ गाउँपालिका

Molung -  मोलुङ गाउँपालिका ओखलढुंगा जिल्लाको १ नगरपालिका र सात गाउँपालिका मध्ये मोलुङ गाउँपालिका एक हो ।

19/03/2025
30/12/2024

ओखलढुङ्गामा स्वागत छ माननिय तोसिमा कार्की 🙏

वडाध्यक्ष पदका लागि ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा भएको उपनिर्वाचनमा एमालेका गंगाबहादुर तामाङ विजयी हुनुभएको छ ।
02/12/2024

वडाध्यक्ष पदका लागि ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा भएको उपनिर्वाचनमा एमालेका गंगाबहादुर तामाङ विजयी हुनुभएको छ ।

कस्ले जित्ला ?
29/11/2024

कस्ले जित्ला ?

17/09/2024



सूचना । सूचना ।। सूचना ।।। मानिस हराएको सूचना

मोलुङ गाउँपालिका- ४ जरायोटार निवासी हाल प्रबुद्ध मावि च्यानममा कार्यरत प्र.अ.मधु प्रसाद खतिवडा बिद्यालयको कामको सिलसिलामा मिति २०८१भदौ १६ गतेका दिन लाहान जानुभएको र त्यस पश्चात् काठमाडौं पुगि मिति २०८१ भदौ २१ गते बिहान बिद्यालय जान्छु भनी परिवारसंग बिदा लिइ निस्कनु भएको र हाल सम्ममा कोहि कसैसंग पनि सम्पर्कमा नआउनु भएको हुदा उहाँको खोजी कार्यको लागी यो सूचना प्रसारण गरिएको छ । साथै यो पोस्ट खोजी कार्यका लागि सम्पुर्णमा शेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

यदि कोहि कसैले भेट्नु भएमा तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ ।
हिरा राज खतिवडा :9849160313
ईलाका प्रहरी कार्यलय रामपुर :9852840562
9852877777 जिल्ला प्रशासन कार्यालय ओखल्ढुङ्गा

सरस्वती स्तुतिसरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
14/02/2024

सरस्वती स्तुति
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

02/02/2024

ओखलढुंगा जिल्ला स्थायी घर भइ हाल पढाई तथा रोजगारीको सिलसिलामा काठमाडौं उपत्यकामा बस्दै आउनुभएका दाजुभाइहरु बीच भेटघाट, सहयोग र समन्वय बढाउन तथा खेलकुदमा रूचि उत्प्रेरणा गर्ने उदेश्यले ओखलढुंगा फाउन्डेसनले फुटसल खेल अयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिस्पर्धा पालिका-पालिका बीच गरिनेछ । खेलले समुदायहरूलाई एकैठाउँ ल्याई खेलकुदको महत्वलाई बढावा दिंदै जिल्लावासीहरूको आपसी सम्पर्कलाई सुध्रिढ गरि स्वस्थ, सक्रिय र समावेशी समाज निर्माणमा सहयोग पुर्याउने छ ।

प्रतियोगिता हुने मिति : २०८० / १२/२६ (घोडेजात्राको दिन)
स्थान : धन्यन्तरी फुटसल ( पहेलोपुल, काठमाडौं)
सहभागि टिम : ओखलढुंगाका हरेक पालिकाबाट १/१ टिम ( जम्मा ८ टिम)
खेलको प्रकार : नकआउट
दर्ता शुल्क : रु. १०००० प्रति टिम (७ जना खेलाडी र एक व्यवस्थापक)
पुरष्कार:
विजेता: ट्रफी, नगद रु ५०,००० (रु पचास हजार ) र सम्पूर्ण खेलाडी र ब्यबस्थापकलाई मेडल
उपविजेता: ट्रफी, नगद रु २०,०००(रु बिस हजार) र सम्पूर्ण खेलाडी र ब्यस्थापकलाई मेडल
अन्य सम्पूर्ण सहभागी टिमलाई सहभागीको सर्टिफिकेट र मायाको चिनो

सुविधा :
१) टिमको जर्सी आयोजकको तर्फबाट
२) खेल आयोजना हुने दिन खाजाको ब्यबस्था

दर्ता प्रक्रिया:
१) माथी भनेको जस्तै ८ (७ खेलाडी १ ब्यबस्थापक) जनाको टिम बनाएर दर्ता गर्नु पर्ने छ !
२) खेलाडी ओखलढुंगाको स्थाई बासिन्दा हुनुपर्नेछ ।
३) एउटा गाउँपालिका/नगरपालिकाबाट एउटा मात्र टिम खेल्न पाउने भएकोले जसले पहिले दर्ता गराउछ त्यो नै टिम खेल्न पाउनेछ ।
४) दर्ता गर्दा अनिवार्य कम्तिमा एउटा नेपाल सरकार द्वारा मान्यता प्राप्त परिचय खुल्ने कागज (नागरिकता, लाइसेन्स वा मतदाता परिचय पत्र) हुनुपर्नेछ ।
५) प्रतियोगितामा राष्ट्रिय फुटसल लिग खेलेको र राष्ट्रिय 'ए', 'बि' र 'सि' डिभिजन लिग खेलिसकेका खेलाडीलाई टोलीमा खेलाडीको रूपमा समावेश गर्न पाइने छैन ।
उपलब्ध गराउनु पर्ने विवरणहरु
१. नाम, उमेर
२. स्थायी ठेगाना
३. अस्थायी ठेगाना
५. परिचय खुल्ने कागजपत्र

आयोजक:
ओखलढुंगा फाउण्डेसन

सम्पर्क :
9851358983

01/02/2024

More details coming soon ⚽️

पुस र माघ महिनामा हिउँ पर्दा किसानले आलु र गहुँ खेतीबाट मनग्गे लाभ लिने सिद्धिचरण नगरपालिका वडा नं ६ का वडाध्यक्ष मेखबहा...
15/02/2023

पुस र माघ महिनामा हिउँ पर्दा किसानले आलु र गहुँ खेतीबाट मनग्गे लाभ लिने सिद्धिचरण नगरपालिका वडा नं ६ का वडाध्यक्ष मेखबहादुर मगरले बताउनुहुन्छ

ओखलढुंगा । यसवर्ष हिउँ नपर्दा ओखलढुंगाको लेकाली भेगका किसान मारमा परेका छन् । हिउँ नपर्दा २ हजार मिटरमाथि लगाइने...

12/02/2023

ओखलढुंगाको रुम्जाटारबाटै सवारी चालक अनुमतिपत्र बन्ने भएको छ । प्रदेश १ का तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको पहलमा २ वर्ष अघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुंगाले सवारी चालक अनुमतिपत्र ओखलढुंगाबाटै दिने तयारी गरेको हो । यातायात व्यवस्था विभागले रुम्जाटारबाट लाइसेन्स जारी गर्नेगरी अनलाइन फारम खुला गरेको छ ।

अनलाइनबाट फर्म भरेर रुम्जाटारबाट ट्रायल दिन चाहनेका लागि सेवा दिन सबै तयारी पुरा गरेको यातायात कार्यालय रुम्जाटारका प्रमुख गोपाल दाहालले बताए ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार उक्त शेयरमा पाँच हजार छ सय ५३ जना आवेदकबाट जम्मा नौ ...
09/02/2023

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार उक्त शेयरमा पाँच हजार छ सय ५३ जना आवेदकबाट जम्मा नौ लाख ७३ हजार २५० कित्ताको लागि आवेदन प्राप्त भएको थियो । सोही आवेदनको आधारमा शेयर बाँडफाँट गरिएको कम्पनीले जनएको छ ।

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीको लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले प्रत....

Address

Molung Gaunpalika
Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when Molung - मोलुङ गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share