Siddhicharan - सिद्धिचरण नगरपालिका

Siddhicharan - सिद्धिचरण नगरपालिका ओखलढुंगा जिल्लाको १ नगरपालिका र सात गाउँपालिका मध्ये सिद्धिचरण नगरपालिका एक मात्र नगरपालिका हो ।

21/08/2025
19/03/2025
17/09/2024



सूचना । सूचना ।। सूचना ।।। मानिस हराएको सूचना

मोलुङ गाउँपालिका- ४ जरायोटार निवासी हाल प्रबुद्ध मावि च्यानममा कार्यरत प्र.अ.मधु प्रसाद खतिवडा बिद्यालयको कामको सिलसिलामा मिति २०८१भदौ १६ गतेका दिन लाहान जानुभएको र त्यस पश्चात् काठमाडौं पुगि मिति २०८१ भदौ २१ गते बिहान बिद्यालय जान्छु भनी परिवारसंग बिदा लिइ निस्कनु भएको र हाल सम्ममा कोहि कसैसंग पनि सम्पर्कमा नआउनु भएको हुदा उहाँको खोजी कार्यको लागी यो सूचना प्रसारण गरिएको छ । साथै यो पोस्ट खोजी कार्यका लागि सम्पुर्णमा शेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

यदि कोहि कसैले भेट्नु भएमा तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ ।
हिरा राज खतिवडा :9849160313
ईलाका प्रहरी कार्यलय रामपुर :9852840562
9852877777 जिल्ला प्रशासन कार्यालय ओखल्ढुङ्गा

06/05/2024

आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमा छोराको मृत्यु भएको छ । सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो ।

सरस्वती स्तुतिसरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
14/02/2024

सरस्वती स्तुति
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

14/02/2023

ओखलढुंगामा सुक्खा महिना लागेसँगै आगलागीका घटना बढ्न थालेका छन् । करिब एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा आधा दर्जनभन्दा बढी घरमा आगलागी भएको छ।
आगो नियन्त्रणका लागी ल्याइएका सिद्धिचरण नगरपालिकामा रहेका दुईवटा दमकल भने प्रयोगविहीन अवस्थामा रहेका छन् । गाउँका घरहरू जल्दा सदरमुकामका दमकल प्रयोगमा आउँदैनन्।

Read more at: https://samachardainik.com/news-details/128824/2023-02-13

12/02/2023

राज दयाल ओखलढुंगा l जिल्लामा संघीय सरकारको ‘एक स्थानीय तह एक आधारभुत अस्पताल’ निर्माण गर्ने योजना अलपत्र परेको छ ....

12/02/2023

ओखलढुंगाको रुम्जाटारबाटै सवारी चालक अनुमतिपत्र बन्ने भएको छ । प्रदेश १ का तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको पहलमा २ वर्ष अघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुंगाले सवारी चालक अनुमतिपत्र ओखलढुंगाबाटै दिने तयारी गरेको हो । यातायात व्यवस्था विभागले रुम्जाटारबाट लाइसेन्स जारी गर्नेगरी अनलाइन फारम खुला गरेको छ ।

अनलाइनबाट फर्म भरेर रुम्जाटारबाट ट्रायल दिन चाहनेका लागि सेवा दिन सबै तयारी पुरा गरेको यातायात कार्यालय रुम्जाटारका प्रमुख गोपाल दाहालले बताए ।

Address

Siddhicharan Nagarpalika
Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when Siddhicharan - सिद्धिचरण नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share