11/10/2020
एकैदीन 21 जनालाई कोरोना
आज थपिएका संक्रमितमध्ये २ जना चरक मेमोरियल अस्पतालका कर्मचारी हुन् ।पोखरा ८ का ६७ र ५० वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।साथै नेपाल टेलिकम, पोखरा शाखामा कार्यरत पोखरा १६ की ३३ वर्षीया महिला कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
आज कोरोना देखिनेमा पोखरा १४, ४, १५, १, ३२, १७ का ७ जना संक्रमित भारतबाट आएर क्वारेन्टिनमा रहेका थिए ।पोखरा ८, २०, ५, २२, १६, ३०, १०, ९ का संक्रमित भने कन्ट्याक्ट ट्रेसिङबाट फेला परेका हुन् ।आज नै बाग्लुङमा ३६ र लमजुङमा ५ संक्रमित फेला परेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७५३ पुगेको छ ।