02/07/2025
धन्यवाद ज्ञापन (हार्दिक आभार)
ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्धनमा २०८२ सालको जेष्ठ २६ गतेदेखि श्री ताल बराही माध्यमिक विद्यालय, बैदाममा सञ्चालन भएको "ट्रेकिङ्ग गाइड तथा ट्रेकिङ्ग पोटर गाइड तालिम" सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने पोखरा महानगरपालिका वडा नम्बर २२, श्री ताल बराही माध्यमिक विद्यालय, बैदाम, पर्यटक प्रहरी ड्यामसाइड, वडा प्रहरी कार्यालय बैदाम, थ्री सिस्टर एड्भेञ्चर प्रा.ली, युनिट्राभ गण्डकी प्रदेश, अखिल नेपाल पर्यटन मजदुर संघ, हेल्पिङ ह्याण्ड, र अन्य सहभागी संघसंस्था सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
साथै, आफ्नो अमूल्य समय दिएर अध्यापन गराउनु भएका सम्पूर्ण शिक्षक तथा प्रशिक्षकज्यूहरू, सहभागिता जनाउनु भएका प्रशिक्षार्थी साथीहरू, कार्यक्रमको सन्देश सम्प्रेषणमा साथ दिनु भएका पत्रकारज्यूहरू, र यो तालिमलाई सफल बनाउनुमा अहोरात्र खटिनु भएका टान गण्डकीका पदाधिकारी, टान गण्डकीका पुर्ब पदाधिकारीहरु, कार्यसमिती सदस्यहरु तथा कर्मचारीहरूलाई पनि हाम्रो विशेष धन्यवाद।
हामी विश्वास गर्छौं, यो तालिमले सहभागीहरूमाझ सीप, आत्मबल र रोजगारका नयाँ सम्भावना सिर्जना गरेको छ। भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन तपाईंहरूको निरन्तर सहयोग र साथको अपेक्षा गर्दछौं।
टान गण्डकी परिवारको तर्फबाट,
पुनः एकपटक– सबैमा हार्दिक धन्यवाद!