AAA Travels Pvt. Ltd.

AAA Travels Pvt. Ltd. AAA Travels Pvt. Ltd. "Travel around the World"
Hot line No. 9856031570
061-576662,576663

तपाई कतै जाँदै हुनुहुन्छ ? कृपया हवाई टिकटको बारेमा मैले सबै बुझेको छु भन्ने धारणा नपाल्नु होला । हवाई टिकट किन्दा ध्यान दिनुपर्ने थुप्रै कुराहरु छन् । हवाई टिकटमा ठूलो धनराशी खर्च गर्नुपर्ने भएकोले यदि कमजोरी रहेमा नोक्सान त छँदै छ, अप्रत्याशित दुख पाइने संभावना पनि रहेको हुन्छ । तल दिइएका केही कुरामा ध्यान दिनु भयो मात्र भने पनि तपाईको यात्रामा व्यवधान आउने संभावना कम रहनेछ ।

(१) समय र परिस्थितिले तपाईलाई आफ्नो योजना अनुसार नै यात्रा गर्न नदिन सक्छ । त्यसैले हवाई टिकट किन्दा सकेसम्म जाने र आउने मिति वर वा पर सार्न सकिने खालको किन्नु बुद्धीमानी ठहर्छ । कतिपय टिकटहरु वर वा पर सार्न पनि नसकिने तथा पैसा पनि फिर्ता नहुने (Non Changeable & Non Refundable) हुन्छन् । यस्ता टिकटहरु सस्ता हुन सक्छन् तर यस्ता टिकटका कारण धेरैलाई धोखा हुने गरेको छ । यदि तपाई एकजना मात्र जाँदै हुनुहुन्छ भने लौ ! ठूलो आर्थिक जोखिम छैन भनेर आँट्न सक्नु होला । तर तपाई परिवारसहित अझ स–साना केटाकेटीसहित जाँदै हुनुहुन्छ भने विशेष होसियार रहनु जरूरी छ । यसको लागि आफ्नो ट्राभल एजेण्टसँग टिकटको नियम (Fare Rules) राम्रोसँग बुझ्नु होला । भनेको दिनमा उडिन्छ र भनेकै दिनमा फर्किहालिन्छ, त्यसैले सस्तो चाहियो, जस्तो भए पनि हुन्छ भन्ने सोचका कारण धेरैलाई अप्ठेरो परेको पनि छ ।

(२) टिकट मुल्य हरेक क्षण, हरेक दिन, हरेक हप्ता, हरेक महिना परिवर्तन भइरहेको हुनसक्छ । बेलायतको कुरा गर्ने हो भने स्कूल, युनिभरसिटी बिदा हुने समय, क्रिशमस र नयाँ वर्ष आदिमा यहाँबाट बाहिर जाने टिकटको मूल्य जाहाज कम्पनीहरुले बढी राखेका हुन्छन् तर यस्ता पिक सिजनका टिकटहरु धेरै अगाडि किन्दा सस्तो पर्ने सभावना रहन्छ । नेपाल जाने टिकट पनि दशैँ र तिहारको लागि धेरै अगाडि नै किन्दा सस्तो पर्ने संभावना बढी रहन्छ । तथापि कहिलेकाँही भिड्क्याएर किनेको टिकट पनि सस्तो परेका केही उदाहरण पनि छन् ।

(३) प्राय हामीले बुझ्दा इकोनोमी क्लास भन्नासाथ यो क्लासको सबै टिकटको मूल्य एउटै हुन्छ भन्ने ढंगले बुझेका हुन्छौँ तर त्यस्तो होइन । इकोनोमी क्लासमा पनि विभिन्न क्याटगोरीका टिकट हुने गर्दछन् । जसलाई हरेक जहाज कम्पनीहरुले विभिन्न अंग्रेजी अल्फाबेटबाट आ–आफ्नै ढंगले छुट्याएका हुन्छन् र ती प्रत्येक क्याटगोरीको छुट्टै छुट्टै मूल्य राखेको हुन्छ । टिकट कति अबधिसम्म भ्यालिड हुने, जान नसके पैसा फिर्ता हुने गरी क्यान्सिल गर्न पाउने नपाउने वा मिति सार्न पाउन नपाउने, क्यासिन्ल गर्दा वा मिति सार्दा शुल्क कति तिर्नु पर्ने, जान त गइयो तर टिकटमा उल्लेख भएको दिनमा फर्कन सकिएन भने मिति बदल्न पाउने कि नपाउने, मिति बदल्न पाउने हो भने पैसा लाग्ने कि नलाग्ने वा कति पटकसम्म सित्तैमा मिति सार्न पाउने वा कति पैसा लाग्ने, ब्यागेज कति किलो पाउने आदि सुविधाहरुको आधारमा ती क्याटगोरीको मूल्य कायम गरिएको हुन्छ । जसले गर्दा तपाईसँगै कुम जोडेर बसेको यात्रीले तिरेको मूल्य र तपाईले तिरेको मूल्यमा ठूलो अन्तर रहन सक्छ । तर मूल्य फरक भए पनि जाहाजभित्र इकोनोमी क्लासमा रहेका हरेक व्यक्तिले पाउने सुविधा उही हुन्छ । बस्ने पनि एकै ठाउँमा नै हुन्छ । केही यस्ता टिकटहरु हुन्छन् जस अनुसार तोकिएको मितिमा जान सकिएन वा फर्कन सकिएन भने प्राय: सबै रकम नै डुब्न जान्छ । यस्ता टिकटहरु सस्ता हुन्छन् । त्यसैले टिकट किन्दा आफ्नो परिस्थिति अनुसार कति सुविधा भएको टिकट लिने भन्ने बारेमा होसियार हुनु जरुरी छ । सस्तो बेसाहाले पेट नलागोस् भनेर होसियार हुनु जरुरी छ । कुनै पनि कुरा नपरेसम्म सानो हुन्छ तर परेपछि त्यसको चोट ठूलो हुन्छ । पहिला नै होसियार रहनु राम्रो हुन्छ । जसको लागि तपाईले सुरुमा नै सस्तो मात्र हैन भरपर्दो पनि होस् भनेर सोच्नु जरुरी छ ।

(४) अहिले अनलाइनबाट पनि टिकट खरिद विक्री हुने गर्दछ तर अनलाइनबाट टिकट खरिद गर्दा त्यो कम्पनीको बारेमा जानकारी लिनु जरुरी छ । साथै टिकट कस्तो खालको (Fare Rules) हो भन्ने बारेमा पनि पहिल्यै जानकारी राखेर मात्र किन्नु होला । साथै त्यो बेलायतको कम्पनी हो कि होइन किनकि युरोपका अन्य मुलुकमा रहेर पनि बेलायतको टिकट बेच्ने कम्पनीहरु छन् । ती कम्पनीहरुले एटल एटल (ATOL ) सुरक्षण गर्ने गर्दैनन् । यहाँको एटल (ATOL) जस्तै उनीहरुको देशमा कस्तो सुरक्षण तरिका छ त्यो बुझ्नु जरुरी छ । साथै यदि क्यान्सिल वा मिति सार्न उनीहरुलाई फोन गर्नु परेमा फोन चार्ज प्रति मिनेट कति छ, त्यसमा विशेषरुपमा ख्याल गर्नु होला । मूल्य मात्र हैन कि ध्यान दिनु पर्ने अन्य विविध सवालहरुमा पनि चनाखो रहनु जरुरी छ ।एटल (ATOL ) बारेमा बेलायतको Civil Aviation Authority को वेभसाइटबाट जानकारी लिन नबिर्सनु होला । यस वेभसाइटबाट प्यासेन्जरका लागि राखिएका थुप्रै उपयोगी जानकारी लिन सक्नु हुनेछ । एटल (ATOL )को बारेमा आफ्नो ट्राभल एजेन्टबाट पनि जानकारी लिन सक्नु हुन्छ ।

(५) टिकट किन्दा ट्रान्जिट समयलाई पनि ध्यान दिनु जरुरी छ । छोटो ट्रान्जिटले पनि कहिलेकाँही समस्या खडा हुने गर्दछ । यदि धेरै ठाउँमा प्लेन फेर्नु पर्ने छ भने पर्याप्त ट्रान्जिट समय हुनु राम्रो हुन्छ । विशेषगरी बेलायतबाट अमेरिका वा अस्ट्रेलिया जानु छ भने छोटो ट्रान्जिटका कारण प्लेन छुट्न सक्छ ।

(६) कहिलेकाँही अनपेक्षित रुपमा हवाई उडानहरु रद्द भएका वा उडान समय बदलिएका हुन्छन् । त्यसैले यसबारेमा उड्ने एक दुइ दिन अगाबै सम्बन्धित एयरलाइन्स वा आफ्नो एजेण्टलाई फोन गर्नु राम्रो हुनेछ । फर्कदा पनि फोन गरेर जानकारी लिनु होला । यो तपाईको हितमा नै हुनेछ र अनावश्यक दुख पाउनुबाट जोगिन सकिने छ ।

(७) हवाई टिकट खरिदलाई माध्यम बनाएर केही गलत व्यक्तिहरुले नेपालीलाई दुख दिएका असंख्य घटनाहरु छन् । त्यसैले सस्तो पाएँ भन्दैमा नफस्नु होला । सम्बन्धित विक्रेताको बारेमा राम्रो जानकारी लिएर मात्र टिकट सम्बन्धी कारोबार गर्नु बुध्दिमानी हुनेछ ।

Happy Nag Panchami! On this auspicious day, may you receive the blessings of Lord Shiva and Nag Devta.
17/08/2026

Happy Nag Panchami! On this auspicious day, may you receive the blessings of Lord Shiva and Nag Devta.

Your travel Agency🇳🇵
24/06/2026

Your travel Agency🇳🇵

असोज ७ गते (सेप्टेम्बर २३) देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने
10/06/2026

असोज ७ गते (सेप्टेम्बर २३) देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने

Happy Buddha Jayanti🙏
01/05/2026

Happy Buddha Jayanti🙏

🌏✨ Happy New Year 2083! ✨🌏Wishing you joy, prosperity, and amazing travel adventures ahead. Thank you for choosing us—le...
13/04/2026

🌏✨ Happy New Year 2083! ✨🌏

Wishing you joy, prosperity, and amazing travel adventures ahead. Thank you for choosing us—let’s explore more beautiful destinations together this year!

✈️🌄 Travel more, create memories!

— AAA Travels Pvt. Ltd.

Happy Nepali New Year 2083🇳🇵
13/04/2026

Happy Nepali New Year 2083🇳🇵

Address

Near Bhanu Machinery Supplier
Pokhara
00977

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+9779856031570

Alerts

Be the first to know and let us send you an email when AAA Travels Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AAA Travels Pvt. Ltd.:

Shortcuts

Share

Category