17/08/2026
वैदिक सनातन धर्ममा नाग देवतालाई जल, वर्षा, र प्रकृतिका रक्षाकर्ताका रूपमा पूजनीय मानिन्छ। हाम्रो घर-आँगन, खेतबारी र पर्यावरणको रक्षा गर्ने नाग देवताको पूजा अर्चना गर्नु केवल धार्मिक परम्परा मात्र नभई प्रकृतिप्रतिको अगाध सम्मान र सहअस्तित्वको प्रतीक पनि हो।
नाग पञ्चमीको यस पवित्र दिनले हजुर हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि ल्याओस् र सबै प्रकारका भय तथा सर्पदोषबाट रक्षा गरोस्।
नाग पन्चमीको अवसरमा शुभकामना।