BhimadBazar.com

BhimadBazar.com Bhimadbazar.com is a portal which aims to promote Bhimad to the world.

12/09/2024

भिमाद नगरपालिका वडा न ६ युवा रङ्गशाला अगाडिको शिसौ घारीमा रुख काट्ने क्रममा काट्दै गरेको रुख अकस्मात ढल्न गई आज मिति २०८१/०५/२७ गते अन्दाजी समय १०: ०० बजे को समयमा एक जना बुवा को घटना स्थलमै दुखद निधन भएको छ । मृतक बुवा वडा न ६ का कुमाल जाति जलौदि को भन्ने खुलेको छ ।थप बिबरण आउन बाँकी ।
मृतक बुवा प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन मा गहिरो समवेदना

06/09/2024

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-१२ घाँसीकुवामा शुक्रबार बिहान गएकाे पहिराे । बिहीबार रातिदेखि परेकाे वर्षाका कारण गएकाे पहिराेले घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध भएकाे छ ।
बिहिवार देखिको अबिरल वर्षा का कारण ठाउँ ठाउँमा सडक अबरुद्ध भएको समाचार हरु आईरहेका छन । त्यसैले अत्यावश्यक बाहेक यात्रा नगरौ । यात्रा गर्नु अगाडि सडक को अबस्था बुझेर मात्रै यात्रा गरौ ।

मानपुर डेडगाउँ सडक खण्ड घिरिङ गाउँपालिका ४ कार्यालय नजिकै जिप दुर्घटनामा परेको छ। थप बिबरण आउन बाँकी ।
03/09/2024

मानपुर डेडगाउँ सडक खण्ड घिरिङ गाउँपालिका ४ कार्यालय नजिकै जिप दुर्घटनामा परेको छ। थप बिबरण आउन बाँकी ।

23/08/2024

भिमाद बजारमा भर्खरै ट्रक र स्कुटर ठोकिएको छ ।स्कुटर चालक घाइते भई प्राथमिक स्वास्थ्य केन्द्र भिमाद मा उपचार भईरहेको छ ।

20/08/2024

भारी वर्षा का बाबजुद भिमाद बजारमा नेवारी समुदाय ले प्रदशन गरेको गाईजात्रा

16/08/2024

पशुपतिनाथ मन्दिर परिसरमा सँचालन भैरहेको कोटि होम को समापन भईरहेको बेला सँचालक र प्रहरी बिच कुटाकुट भएको भिडियो सामाजिक सँजाल मा भाईरल भईरहेको छ । अन्य थप बिबरण आउन बाँकी ।

भिमाद नगरपालिका ले यहि मिति २०८१/०४/२५ गते  ३० ओै विश्व आदिवासी (जनजाति ) दिवस का दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
08/08/2024

भिमाद नगरपालिका ले यहि मिति २०८१/०४/२५ गते ३० ओै विश्व आदिवासी (जनजाति ) दिवस का दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।

शिवपुरीको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।नुवाकोटको शिवपुरी गाउँप...
07/08/2024

शिवपुरीको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,प्रहरी का अनुसार ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’

07/08/2024

नुवाकोट को सुर्यचौरमा एयर डाईनेस्टी को हेलिकप्टर दुर्घटना , पाँच जना सबार हेलिकप्टर मा ४ जना को सव फेला परेको प्रहरीले जनाएको छ ।

30/07/2024

भिमाद २०८१/०४/१६
अबिरल वर्षाकाे कारण हुन सक्ने जाेखिमलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय मुग्लिङले नारायणगढ तर्फ जाने सवारी साधनलाई मुग्लिङमा राेकेकाे छ। पहिराेकाे जाेखिम कम र सडककाे अवस्था सामान्य भएपछि सवारी साधन चल्न दिईने जानकारी गराएको छभने बैरेनीमा पहिरो गएका कारण काठमाडौं तर्फको सडक पूर्ण रूपमा बन्द छ। अनावश्यक यात्रा नगरौं, यात्रा गर्नै परे नेपाल प्रहरी वा ट्राफिक प्रहरी सँग समन्वय गरौं।

पोखरामा स्कुल बस दुर्घटना भएको छ ।बृस्तित  बिबरण आउन बाँकी ।
29/07/2024

पोखरामा स्कुल बस दुर्घटना भएको छ ।बृस्तित बिबरण आउन बाँकी ।

काठमाडौ त्रिभुवन बिमान स्थलमा सौर्य एयरलाइन्स को जहाज दुर्घटनामा परेको छ । दुर्घटना पछि को बिबरण आउन बाँकी रहेको बिमानस्...
24/07/2024

काठमाडौ त्रिभुवन बिमान स्थलमा सौर्य एयरलाइन्स को जहाज दुर्घटनामा परेको छ । दुर्घटना पछि को बिबरण आउन बाँकी रहेको बिमानस्थल प्रबक्ता को भनाइ ।

Address

Bhimad Bazar
Tanahun
33910

Alerts

Be the first to know and let us send you an email when BhimadBazar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BhimadBazar.com:

Share