Ramesh Raj Bastola -

Ramesh Raj Bastola - This Page is Created to give Nepal Tourism Updates to All Portuguese,Nepalese. Please Join Us.

07/08/2026

🌊 २३ अगस्ट – प्रकृतिको काखमा अविस्मरणीय एकदिने यात्रा 🌿

यसपटक Ghumgham Portugal ले तपाईंहरूलाई तीन उत्कृष्ट गन्तव्यको यात्रामा लैजाँदैछ –
📍 Batalha → Fátima → Agroal

💧 Agroal नदी किनार (Praia Fluvial do Agroal) Nabão नदीको सबैभन्दा ठूलो प्राकृतिक मुहान रहेको स्थानका रूपमा परिचित छ। यहाँको चिसो, स्वच्छ र स्फटिकजस्तै सफा पानीलाई परम्परागत रूपमा स्वास्थ्यका लागि लाभदायक तथा औषधीय गुण भएको मानिन्छ।

गर्मी मौसममा अत्यन्त लोकप्रिय यस स्थानमा वयस्क र बालबालिकाका लागि प्राकृतिक पौडी क्षेत्र, पिकनिक स्थल, स्नानगृह, ह्विलचेयरमैत्री पहुँच, घाम ताप्ने स्थान, खुला एम्फिथिएटर तथा आकर्षक काठको पदमार्ग (Passadiço) उपलब्ध छन्। ब्लु फ्ल्याग सम्मान प्राप्त यस क्षेत्रमा पौडी खेल्ने मौसमभरि उद्धारकर्मी (Lifeguards) पनि खटाइएका हुन्छन्।

🏰 Batalha मा विश्वसम्पदा सूचीमा सूचीकृत भव्य गुम्बा (Mosteiro da Batalha) अवलोकन गर्ने अवसर हुनेछ भने, 🙏 Fátima मा विश्वप्रसिद्ध तीर्थस्थलको दर्शन र शान्त वातावरणमा समय बिताउन सकिनेछ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र धार्मिक आस्थालाई एउटै यात्रामा समेट्ने यो विशेष भ्रमणमा सहभागी भई अविस्मरणीय दिन बिताऔँ। तपाईंहरूलाई हार्दिक स्वागत छ।

9 अगस्थ घुमघाम पोर्तुगलको पेनीस नजिक रहेको बर्लेङ्गा  टापु प्राकृतिक सौन्दर्यले भरिपूर्ण अद्भुत गन्तव्य हो। करिब ०.७८ वर...
01/08/2026

9 अगस्थ घुमघाम

पोर्तुगलको पेनीस नजिक रहेको बर्लेङ्गा टापु प्राकृतिक सौन्दर्यले भरिपूर्ण अद्भुत गन्तव्य हो। करिब ०.७८ वर्ग किलोमिटर (७८ हेक्टर) क्षेत्रफलमा फैलिएको यो सानो टापु स्वच्छ नीलो समुद्र, आकर्षक चट्टान, प्राकृतिक गुफा, ऐतिहासिक साओ जोआँ बप्तिस्ता किल्ला र दुर्लभ समुद्री चराचुरुङ्गीका कारण प्रसिद्ध छ। पेनीसबाट करिब १० किलोमिटर टाढा रहेको यस टापुसम्म डुङ्गाबाट ३०–४५ मिनेटमा पुग्न सकिन्छ। चारैतिर अथाह नीलो समुद्रले घेरिएको यस टापुमा पुग्दा धेरैलाई माल्दिभ्स पुगेजस्तै फरक अनुभूति हुन्छ।

यही अनुपम गन्तव्यसहित ९ अगस्ट (आइतवार) मा GhumGham Portugal ले Berlengas, Baleal Beach, Cabo Carvoeiro र Papôa गरी चार रमणीय स्थानको विशेष एकदिने भ्रमण आयोजना गरेको छ। बिहान ७:३० बजे लिस्बनबाट प्रस्थान गरिनेछ। Baleal मा समुद्री किनारको आनन्द लिने, जलविहार तथा पौडी खेल्ने अवसर हुनेछ भने Cabo Carvoeiro र Papôa मा अटलान्टिक महासागरका मनमोहक तटीय दृश्य अवलोकन गरिनेछ।

बस टिकट मात्र €३२ र १० वर्षमुनिका बालबालिकाका लागि €२२ रहेको छ। Peniche–Berlengas डुङ्गाको टिकट छुट्टै खरिद गर्नुपर्नेछ। सिट सीमित भएकाले WhatsApp: 920 074 622 मा सम्पर्क गरी समयमै आफ्नो टिकट सुरक्षित गर्नुहोस्। स्विमिङ कस्ट्युम, टावेल, सनस्क्रिन, टोपी र आरामदायी जुत्ता साथमा ल्याउन नबिर्सनुहोस्।

धम्पुसको पोखरी गाउँ — ढुंगाले बनेका घर, सम्झनाले बाँचेका आँगन————————————————————————-कास्की जिल्ला, माछापुच्छ्रे गाउँपा...
25/06/2026

धम्पुसको पोखरी गाउँ — ढुंगाले बनेका घर, सम्झनाले बाँचेका आँगन
————————————————————————-

कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसको पोखरी गाउँ पुग्न पोखराको लेकसाइडबाट सवारी साधनमा करिब ४५ मिनेट मात्र लाग्छ। लेकसाइडमा अहिले एसी नलगाई सुत्न गाह्रो हुने गर्मी हुन्छ, तर यही गाउँमा भने आज पनि राति सिरक ओढेरै सुत्नुपर्छ। शीतल हावा, मनोरम हिमालको दृश्य, ढुंगाले छापिएका गल्ली, परम्परागत घर र शान्त वातावरणले यो गाउँलाई साँच्चिकै अनुपम बनाएको छ।

विडम्बना, यति सुन्दर गाउँका अधिकांश घरहरू आज सुनसान छन्। यहाँका धेरै परिवारका सदस्यहरू हङकङ, दक्षिण कोरिया, जापान, बेलायत तथा युरोपका विभिन्न देशहरूमा रोजगारी र व्यवसायमा व्यस्त छन्। घरहरू खाली छन्, तर ती घरहरू बिक्रीका लागि होइनन्। दस करोड रुपैयाँ दिए पनि धेरैले बेच्दैनन्, किनकि यही आँगनमा बाजे जन्मिए, बाबु जन्मिए, आफू हुर्किए। यी घरसँग केवल ढुंगा र काठको सम्बन्ध छैन, पुर्खाको सम्झना, माया, ममता र आत्मीयता गाँसिएको छ।

अर्कोतर्फ, विदेशमै स्थायी बसोबास गर्ने र विदेशी नागरिकता लिने नेपालीहरूको संख्या पनि बढ्दै गएको छ। तर विदेशी नागरिकता लिएपछि नेपालमा सम्पत्ति राख्ने, किनबेच गर्ने वा लगानी गर्ने विषयमा आउने कानुनी जटिलताले धेरैलाई अन्योलमा पार्छ। त्यसैले विदेशमा नागरिकता लिएका नेपालीलाई नेपालमा सम्पत्ति राख्ने, किनबेच गर्ने, लगानी गर्ने तथा आफ्नो सांस्कृतिक र धार्मिक अधिकार सुरक्षित राख्ने व्यवस्था राज्यले दीर्घकालीन रूपमा सोच्न आवश्यक छ।

यही गाउँलाई जोगाउने सबैभन्दा राम्रो उपाय भनेको यहाँका विदेशमा रहेका दाजुभाइ–दिदीबहिनी, स्थानीय सरकार, टोल विकास समिति र घरधनीहरू मिलेर सामूहिक होमस्टे तथा सांस्कृतिक गाउँ को अवधारणा अघि बढाउनु हो। पुराना ढुंगाका घर, मौलिक रहनसहन, स्थानीय संस्कृति, परम्परा र आतिथ्यलाई जीवन्त राख्दै यस गाउँलाई नेपालकै नमुना पर्यटकीय होमस्टे गाउँ बनाउन सकिन्छ।

यस्ता गाउँहरू केवल बस्ती होइनन्, यी हाम्रो जीवित इतिहास, संस्कृति र पहिचान हुन्। यी घरहरूमा फेरि जीवन फर्कियो भने, पुस्तौँदेखि बाँचिरहेको सम्पदा पनि जोगिनेछ र पर्यटनमार्फत स्थानीय अर्थतन्त्रले पनि नयाँ गति लिनेछ। धम्पुसको पोखरी गाउँ नेपालले संसारलाई गर्वका साथ देखाउन सक्ने अमूल्य सम्पदा वन्न सक्दछ ।

पोर्तुगलकी स्वास्थ्य मन्त्री माननीय Ana Paula Martins  ज्यु आजको भेट
24/06/2026

पोर्तुगलकी स्वास्थ्य मन्त्री माननीय Ana Paula Martins ज्यु
आजको भेट

प्रसिद्ध हिमाल आरोही ज्वाओ गार्सीयाले नेपालको पर्यटन विकासका लागि दिएका महत्वपूर्ण सुझावहरू“नेपालसँग संसारलाई आकर्षित गर...
29/05/2026

प्रसिद्ध हिमाल आरोही ज्वाओ गार्सीयाले नेपालको पर्यटन विकासका लागि दिएका महत्वपूर्ण सुझावहरू

“नेपालसँग संसारलाई आकर्षित गर्ने सबै कुरा छन्, अब व्यवस्थापन र संरक्षणमा अझ ध्यान दिनुपर्छ”

लिस्बनमा जारी पुस्तक मेलाको अवसरमा विश्वप्रसिद्ध पोर्तुगाली पर्वतारोही João Garcia (नेपालीहरूमाझ “छिरिङ दाइ” का नामले परिचित) सँग नेपाल पर्यटनका विषयमा लामो र अर्थपूर्ण संवाद गर्ने अवसर मिल्यो। नेपाललाई अत्यन्त माया गर्ने उहाँ हालसम्म ५२ पटक नेपाल भ्रमण गरिसक्नुभएको छ र केही हप्ताअघि मात्र नेपालबाट पोर्तुगल फर्किनुभएको रहेछ।

उहाँलाई नेपालमा पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारले के गर्नुपर्ला भन्ने प्रश्न गर्दा उहाँले आफू कुनै पर्यटन विश्लेषक नभए पनि नेपालमा पटक–पटक पुगेको अनुभवका आधारमा केही महत्वपूर्ण सुझाव दिनुभयो।

उहाँका अनुसार नेपालमा विगतको तुलनामा धेरै सकारात्मक परिवर्तन भएका छन्। विशेष गरी काठमाडौंका सडक पेटीहरूमा पहिले जस्तो छाडा जनावरहरू कम देखिन थालेका छन्। त्यस्तै सवारी साधनबाट अनावश्यक हर्न बजाउने प्रवृत्ति पनि केही घटेको अनुभव उहाँले गर्नुभएको छ। तर पर्यटकीय शहरहरूमा ध्वनि प्रदूषण कम गर्न अनावश्यक हर्नलाई अझ कडाइका साथ नियन्त्रण वा पूर्ण रूपमा निषेध गर्नुपर्ने उहाँको सुझाव थियो।

उहाँले नेपालका मानिसहरूको आतिथ्यता, सद्भाव र पर्यटकप्रतिको सम्मानको खुलेर प्रशंसा गर्नुभयो। “नेपालमा पर्यटकहरूले न्यानो स्वागत र आत्मीय व्यवहार पाउँछन्, त्यसैले उनीहरू बारम्बार नेपाल फर्कन चाहन्छन्,” उहाँले भन्नुभयो। साथै, पर्यटकको सुरक्षाका लागि नेपालमा रहेका कानुनी व्यवस्थाहरू राम्रो भए पनि त्यसलाई अझ कडा र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उहाँको धारणा थियो।

ज्वाओ गार्सीयाले काठमाडौं, पोखरा लगायतका प्रमुख पर्यटकीय क्षेत्रमा बढ्दै गएको क्लब संस्कृति, अत्यधिक मदिरा सेवन र लागुऔषध सम्बन्धी गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार केही स्थानमा मसाज सेन्टर सञ्चालनको नाममा अनैतिक गतिविधिहरू भइरहेको चर्चा सुन्न पाइन्छ, जुन नेपालजस्तो धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको देशका लागि राम्रो संकेत होइन। यस्ता गतिविधिमाथि सरकारले विशेष निगरानी राखी आवश्यक नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव थियो।

त्यसैगरी, उहाँले पर्यटकीय क्षेत्रहरूमा पर्याप्त सडक बत्ती, सरसफाइ, सुरक्षा तथा आधारभूत पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विदेशी पर्यटकहरू केवल हिमाल हेर्न मात्र नभई स्थानीय जीवनशैली, संस्कृति र मौलिक अनुभव खोज्दै नेपाल पुग्ने भएकाले स्थानीय परम्परा, कला, संस्कृति र स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

उहाँले स्थानीय स्तरमा उत्पादन हुने कोदो, मकै, फापर लगायतका परम्परागत खाद्य परिकारहरूको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो। गाउँघरमा होमस्टे, ग्रामीण पर्यटन र स्थानीय उद्यमलाई राज्यले प्रत्यक्ष सहयोग गर्न सके पर्यटनको लाभ राजधानी र मुख्य शहरमा मात्र सीमित नरही देशका दुर्गम गाउँसम्म पुग्ने उहाँको विश्वास थियो।

प्राकृतिक स्रोतको सदुपयोगबारे बोल्दै उहाँले पहाडी जिल्लाहरूमा प्राकृतिक रूपमा पाइने गाँजाको विषयमा पनि चर्चा गर्नुभयो। उचित कानुनी व्यवस्था र कडा नियमनसहित पर्यटनसँग जोडेर यसको उपयोगबारे अध्ययन गर्न सकिने उहाँको धारणा थियो।

उहाँको अर्को ठूलो चिन्ता सगरमाथा क्षेत्रको बढ्दो प्रदूषण र हेलिकप्टर उडानसँग सम्बन्धित थियो। सगरमाथा आधार शिविर तथा वरपरका क्षेत्रमा हेलिकप्टरको अत्यधिक आवाजले हिमाली वातावरण र पर्यटक अनुभवमा नकारात्मक असर पारिरहेको उहाँले बताउनुभयो। हिमालको संरक्षणका लागि अनावश्यक हेलिकप्टर उडान नियन्त्रण गर्नुपर्ने र पर्वतीय क्षेत्रको प्रदूषण न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव थियो।

त्यसैगरी, काठमाडौं लगायतका शहरहरूमा बढ्दो वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको पहुँच र प्रयोगलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। स्वच्छ वातावरण, सुरक्षित पर्यटन, मौलिक संस्कृति, ग्रामीण विकास र प्राकृतिक सम्पदाको संरक्षणलाई एकसाथ अगाडि बढाउन सके नेपाल विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने उहाँको विश्वास थियो।

नेपाललाई मनदेखि माया गर्ने “छिरिङ दाइ” ज्वाओ गार्सीयासँगको यो संवाद साँच्चिकै फलदायी रह्यो। पाँच दशकभन्दा बढी समयदेखि नेपालसँग जोडिएका उहाँका अनुभव, सुझाव र सद्भावले नेपालको पर्यटन विकासबारे गम्भीर रूपमा सोच्न प्रेरित गर्ने धेरै महत्वपूर्ण सन्देश दिएका छन्।

🙏🙏✨ एक दिने अविस्मरणीय भ्रमण ✨🙏🙏लिजवनबाट – १७ मे (आइतबार)जीवनमा एकदिन आफैलाई दिनुस्… प्रकृति, इतिहास र आस्थाको संगममा रम...
03/05/2026

🙏🙏✨ एक दिने अविस्मरणीय भ्रमण ✨🙏🙏
लिजवनबाट – १७ मे (आइतबार)

जीवनमा एकदिन आफैलाई दिनुस्… प्रकृति, इतिहास र आस्थाको संगममा रमाउने सुन्दर अवसर 💙

🚍 भ्रमण स्थलहरू:
🔹 १. Rio Maior Salt Pans (Salinas)
युरोपकै सबैभन्दा पुरानो नुनखानी, पहाडको बीचमा रहेको अद्भुत दृश्य
⏱️ समय: करिब १ घन्टा

🔹 २. Fátima (प्रसिद्ध तिर्थस्थल)
विश्वप्रसिद्ध धार्मिक स्थल, शान्त वातावरण र आशीर्वाद प्राप्त गर्ने अवसर 🙏
⏱️ समय: ३–४ घन्टा

🔹 ३. Dornes Village (Portugal को Switzerland)
सुन्दर ताल, ऐतिहासिक गाउँ र मनमोहक दृश्यहरू 🏞️
⏱️ समय: २–२.३० घन्टा

🕢 कार्यक्रम समय:
➡️ प्रस्थान: बिहान ७:३० (लिजवनबाट)
⬅️ फिर्ता: साँझ ७:३० (लिजवनमा)

टिकट मूल्य:
वयस्क: ४०€ प्रति व्यक्ति
३–१० वर्ष: ३०€
३ वर्ष मुनी: २०€

मूल्यमा IVA र Insurance समावेश छ
अन्य व्यक्तिगत खर्च समावेश छैन

आरामदायक बस, रमाइलो यात्रा, नयाँ साथी र अविस्मरणीय अनुभव – सबै एकै ठाउँमा!

📞 बुकिङका लागि:
📱 939170277 / 920074622

👉 सिट सीमित छन् – आजै बुक गर्नुहोस्!
नोट- भ्लग वनाऊन सौखिन हुने लाई विषेश सिट गाईड सगै को सिट ऊपलव्ध हुनेछ

17/04/2026

नेपाल मा संकृती परम्परा राजालधर्म वारे यसरी घृणा फैलाऊदछन्

फैलाऊने प्रक्रिया प्रायः एकैपटक सुरु हुँदैन, यो क्रमिक रूपमा विस्तार हुने रणनीति हो। विशेष गरी धर्म, संस्कृति, परम्परा, इतिहास र राजसंस्थाजस्ता संवेदनशील विषयमा यस्तो प्रक्रिया अझ योजनाबद्ध रूपमा अघि बढाइन्छ।

सुरुवाती चरणमा, यस्ता विषयमा गहिरो अध्ययन नगरेका, कुतर्क गर्ने र अप्रमाणित कुरामा सजिलै विश्वास गर्ने व्यक्तिहरूलाई अगाडि सारिन्छ। उनीहरूले आफूजस्तै सोच राख्ने समूहलाई प्रभाव पार्दै, सानो घेराभित्र भ्रम र नकारात्मक धारणा फैलाउन थाल्छन्। यो चरणमा भावनात्मक भाषा र आधा–अधुरा तथ्यहरू बढी प्रयोग गरिन्छ।

त्यसपछि, दोस्रो चरणमा, अलि जान्ने–बुझ्ने वर्गसम्म पुग्नका लागि त्यही विषयलाई केही परिमार्जन गरेर, अलि “पाच्य” बनाइन्छ। यसमा भाषाको शैली परिवर्तन हुन्छ, तर्कहरू अलि सन्तुलित देखिन्छन्, तर मूल उद्देश्य भने उही रहन्छ—धारणा परिवर्तन गराउने। यसरी विस्तारै विचारको दायरा फराकिलो बनाइन्छ।

अन्तिम चरणमा भने “बौद्धिक प्रहार” सुरु हुन्छ। यहाँ तर्क, विश्लेषण र तथ्यको आवरण प्रयोग गरेर विचार प्रस्तुत गरिन्छ। यो चरण सबैभन्दा प्रभावशाली हुन्छ, किनकि कुरा परिपक्व, व्यवस्थित र तार्किक जस्तो देखिन्छ। सुन्दा र हेर्दा सत्यजस्तै लाग्ने भएकाले मानिसहरू सजिलै प्रभावित हुन सक्छन्।

उदाहरणका रूपमा, पृथ्वीनारायण शाहबारे विभिन्न कोणबाट नकारात्मक धारणा निर्माण गर्ने प्रयास पनि यस्तै चरणहरू पार गर्दै फैलाइएको देखिन्छ। अन्ततः यस्तो प्रक्रिया समाजको सोच र राजनीतिक दिशालाई समेत प्रभावित गर्ने शक्तिमा परिणत हुन्छ।

आज Maria do Rosário Palma Ramalho (श्रम, ऐक्यबद्धता तथा सामाजिक सुरक्षा मन्त्री पोर्तुगल ) ज्यूसँग सम्पन्न बहस कार्यक्रम...
14/04/2026

आज Maria do Rosário Palma Ramalho (श्रम, ऐक्यबद्धता तथा सामाजिक सुरक्षा मन्त्री पोर्तुगल ) ज्यूसँग सम्पन्न बहस कार्यक्रममा हामी पनि सक्रिय रूपमा सहभागी भयौँ। उक्त कार्यक्रममा हामीले पोर्तुगलमा कार्यरत नेपाली तथा दक्षिण एसियाली आप्रवासी कामदारहरूले भोगिरहेका गम्भीर समस्याहरूबारे स्पष्ट रूपमा आवाज उठायौँ।

विशेषगरी, D1 भिसाको नाममा अत्यधिक शुल्क असुली गरी कामदारहरूलाई पोर्तुगल ल्याइने, तर यहाँ आएपछि सम्झौताअनुसारको काम नदिई अलपत्र पारिने, साथै श्रम तथा आर्थिक शोषण हुने अवस्थालाई हामीले गम्भीर चिन्ताको विषयका रूपमा प्रस्तुत गर्‍यौँ। कतिपय कामदारहरू २०–२२ लाख रुपैयाँसम्म खर्च गरेर आउँदा पनि यहाँ न्यून आम्दानी, असुरक्षा र अन्यायपूर्ण व्यवहार सहन बाध्य भएका उदाहरणहरू पनि उल्लेख गरियो।

यसका साथै, पोर्तुगलमा देखिएको कामदार अभाव समाधान गर्न नेपालजस्तो देशसँग द्विपक्षीय श्रम सम्झौता गरी सिधै सरकारी संयन्त्रमार्फत कामदार ल्याउने व्यवस्था गर्न हामीले अनुरोध गर्‍यौँ। दक्षिण कोरियामा लागू गरिएको EPS (Employment Permit System) जस्तो पारदर्शी सरकारी प्रणाली अपनाउन सके ठगी, श्रम शोषण तथा आर्थिक अन्याय न्यूनीकरण गर्न सकिने हाम्रो स्पष्ट धारणा राख्यौँ।

कार्यक्रममा उठाइएका सम्पूर्ण विषयहरूलाई औपचारिक रूपमा प्रस्तुत गर्न हामीले लिखित प्रतिवेदन तयार गरी माननीय मन्त्रीज्यूलाई बुझाउने कार्य समेत सम्पन्न गरेका छौँ।

यस सन्दर्भमा, नेपाल सरकारले पनि पोर्तुगल लगायत कम आम्दानी हुने युरोपेली देशहरूमा श्रमिक पठाउँदा दक्षिण कोरियामा जस्तै EPS प्रणाली लागू गर्न पहल गर्न अत्यन्त आवश्यक देखिन्छ। यदि यस्तो प्रणाली अपनाइयो भने, न्यून खर्चमा नेपाली श्रमिकहरू विदेश आउन सक्नेछन्, उनीहरूको कमाइ सुरक्षित हुनेछ र बचत गर्ने अवसर पनि बढ्नेछ। यदि दक्षिण कोरियामा जस्तै गरी युरोपेली मुलुकहरूमा पनि श्रमिक पठाउन सकियो भने श्रमिकहरूको कमाइ सुरक्षित हुने, रोजगारीको ग्यारेन्टी हुने र श्रम तथा आर्थिक शोषण जस्ता समस्याहरू उल्लेखनीय रूपमा कम हुने निश्चित छ।

13/04/2026

विदेशका धेरै विकसित देशहरूमा नेता, मन्त्री, उच्च अधिकारी वा धनी व्यक्तिसँग ठूलो सम्पत्ति हुनु आफैंमा अपराध मानिँदैन। तर त्यहाँ एउटा महत्वपूर्ण कुरा के हुन्छ भने, उनीहरूले आफ्नो सम्पत्तिको स्रोत स्पष्ट देखाउनुपर्छ—कहाँबाट आयो, कसरी बढ्यो, कुन व्यवसाय, लगानी, तलब, सेयर, घरजग्गा वा पारिवारिक सम्पत्तिबाट आयो भन्ने कुरा कानुनी रूपमा प्रमाणित गर्नुपर्छ। त्यही आधारमा राज्यलाई कर तिरिन्छ। उदाहरणका लागि, पोर्तुगलमा प्रत्येक व्यक्तिले अघिल्लो वर्ष कमाएको आम्दानी, खर्च, करयोग्य विवरण र पारिवारिक आर्थिक अवस्था अर्को वर्ष अप्रिल १ देखि जुन ३० भित्र सरकारसमक्ष पेश गर्नुपर्छ। आम्दानी कम भएर कर बढी काटिएको रहेछ भने सरकारले केही रकम फिर्ता पनि दिन्छ। तर आम्दानी बढी भएको छ भने कानुनअनुसार आयकर तिर्नैपर्छ।

यही दृष्टान्त नेपालमा पनि लागू हुनुपर्छ। हिजो मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण बुझाए, जसमा १६ जना मन्त्रीहरूको कुल सुन ७९९.५ तोला देखियो। यो औसतमा प्रति मन्त्री करिब ५० तोला सुन पर्न आउँछ। ७९९.५ तोला भनेको झण्डै ९.३२ किलो सुन हो, जसको मूल्य आजको बजारअनुसार करिब २५ करोड रुपैयाँ हाराहारी पर्न जान्छ। यस्तो तथ्यांकले स्वाभाविक रूपमा गम्भीर प्रश्न उठाउँछ। यो सुन वास्तविक रूपमा उनीहरूकै स्वामित्वमा रहेको हो कि होइन? विवरणमा कम देखाइयो कि बढी देखाइयो? यो सम्पत्ति कहिले, कसरी, कुन स्रोतबाट जोडियो? र सबैभन्दा महत्वपूर्ण कुरा—उनीहरूले आफ्नो सम्पत्तिअनुसार राज्यलाई कर तिरेका छन् कि छैनन्?

सम्पत्ति विवरण बुझाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रमाणीकरण, कर परीक्षण, स्रोत जाँच र सार्वजनिक जवाफदेहिता पनि अनिवार्य हुनुपर्छ। नेपालमा समस्या के छ भने, धेरैजसो नेता, मन्त्री र उच्च कर्मचारीको सम्पत्तिको आकार देखिन्छ, तर स्रोतबारे गम्भीर बहस हुँदैन। यदि राज्य साँच्चै सुशासन, पारदर्शिता र जनविश्वास स्थापित गर्न चाहन्छ भने सम्पत्ति विवरणलाई औपचारिक कागजको रूपमा होइन, कानुनी परीक्षणको आधार बनाइनुपर्छ।

यो व्यवस्था मन्त्रीहरूमा मात्र होइन, सबै ठूला नेता, पूर्वपदाधिकारी, संवैधानिक निकायका व्यक्ति, उच्च कर्मचारी र सार्वजनिक स्रोतको पहुँच भएका सबैमा समान रूपमा लागू हुनुपर्छ। देशमा गरिब जनताले सानो कमाइमा पनि कर तिर्नुपर्ने, तर सत्तामा पुगेकाहरूको ठूलो सम्पत्तिबारे मौन बस्नुपर्ने अवस्था रहिरह्यो भने लोकतन्त्र कमजोर हुन्छ। अब नेपालमा पनि प्रश्न एउटै हुनुपर्छ—सम्पत्ति कति छ भन्ने होइन, कहाँबाट आयो र राज्यलाई कति कर तिरियो?

Endereço

Lisbon

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Ramesh Raj Bastola - publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Compartilhar