01/01/2018
मामाघर डायरि
मामाघरको पहिलो बर्षगाठ पुग्नै लाग्दा, हामी फेरी उहि मुद्दामा छिर्यौ! जुलाईको भिषण आगलागी मामाघरको ५ एकर (४० रोपनि) भन्दा १ माइल (१.६ किमि) पर मात्रै निभेको थियो ।
"बेचौ! के हो के हो ? बरु सिलिकन भ्यालीबाट अलि नजिकैको ठाउ लिउ । हुन त १०० माइल (१६० किमि) खासै टाढा त होईन"
२ घन्टाको बाटो, त्यस माथी airbnb को १७ वटा वीकेन्ड बूकिङबाट हामी निकै उत्साहित थियौ । तर आवासिय केयरटेकरको अभावमा सन्चालन पहाड हुँदै थियो ।
"१०० वटा खसी छोडदिउ, अनि लोकल कुखुरा र हास पनि! मकै रोपौ, मकै! कि लिगलाईजेसनको खेती गर्न लीजमा दिउ!"
"त्यो त हो, मान्छे नै छैन यार! कसैले जिम्मा लिने भए, काइदा हुनेथियो।"
"हुन त हो! यसमा शक्ति, शिव र कार्यबिनायक प्रतिष्ठापन गर्दै सप्ताह लगाउदै, सामुदायिक हित तिर नि जान सकिन्छ।"
"राजि! तर, मान्छे खै?"
"बिक्रीमुल्य लगभग दोब्बर छ, लगानी र प्रतिफल १ बर्षमा सतप्रतिशत हुने अर्को कुन ठाउ छ?"
"एयाप्पल र बिटकोइन बाहेक अरु त छैन!"
"बरु एउटा काम गर है, त्यो ४० एकर हेर्दै आइज, अनि प्लान गरौला", दादाको एउटा भाइबर मेसेज आएको थियो हिजो।
"लिटल बक्सेज" मेकानिकल लाईफ बिर्साउन र अतितका मामाघरका स्वर्णिम दिनहरु पुन: ताजा गर्न सप्ताहन्तहरुमा आइदै गरेको मामाघर फोन, नेट्वर्क, वाइफाइ रहित छ। खुशी तब लाग्छ जब बच्चाहरु आ-आफ्ना डिभाइसहरुबाट च्य्याट्ट अल्लग्गिन्छन र हिड्छन निर्धक्क, निर्भिक्, अन्जान प्रकृतीको Minecraft उत्खननमा ।
ट्याड्पोल पहिलो पटक पानीमा तैरिदै गरेको देख्दा पछिल्लो पटक भान्जी भन्दैथिइन्, "दिस इस अमेजिङ्"!
म भने हौस्याउदै थिए, दिनमा हरिण, माउन्टेन लायन, टर्कि, मयुर, निक्लन्ठ, हम्मिङबर्ड, तित्रा खोज्न लाउन; धनुष बाण, गुलेलि, डन्डीबियो, पिङ, ह्य्यामक, गल्फ, ब्याड्मिन्टन, बेसबल, क्रीकेटमा ब्यस्त गराउन र राती न्यानो आगोको छेउ मिठा गीत र यती र छेपुका कथाहरु साट्न ।
हिजो Dec 30, 2017 राती टेलेस्कोपबाट पुर्णिमा हेर्दा अद्भुत हेलो देखियो र उत्तरी गोलार्दमा स्पष्ट चन्द्रमाका बिशाल पहाडहरु, अनगिनत क्रेटर र मानब निर्मित झै देखिने एउटा गोलाकार र ३ सिधा धर्का।
नया बर्षका प्रतिबद्धता र पुराना वाचाहरुमा दृढ्ता सहित फर्कियौ हामी स्यान होजे, छिट्टै मामाघर फेरी पुग्ने गरी ।
#मामाघर
#उद्ध्यमशीलता
fb.me/mamagharca