20/02/2023
यूरोपको एउटा देश हो नर्वे ....
त्यहाँको यो culture सिक्न लायक छ...
एउटा रेष्टुरेन्ट छ ...
एक महिला आउछिन् र भन्छिन् -"5 Coffee, 1 Suspension"...
उनीले पांच कफीको पैसा तिर्छन र चार कप कफि लैजान्छिन...
केहि समय पछि ....
एकजना सज्जनले अर्डर गर्छन्- "4 Lunch , 2 Suspension" !
उनले चार Lunch को बिल तिर्छन् । दुई मात्र लैजान्छन् ।
अर्को ग्राहकले ... अर्डर दिन्छन् - "10 Coffee , 6 Suspension" !! दस कफिको बिल तिर्छ चार कफि लैजान्छ ।
केही समय पछी...
एक बूढ़ो व्यक्ति जर्जर कपड़ामा काउंटरमा सोध्छ-
"Any Suspended Coffee ??"
काउंटर-गर्ल भन्छिन्- "Yes !!" And serve him a cup of hot coffee...
फेरी एउटा अर्को दारि भएको मान्छे भित्र पस्छ र सोध्छ-
"Any Suspension Lunch ??"
काउन्टरबाट उसलाई तातो खानाको एउटा पार्सल र एक बोतल पानी दिइन्छ ।
यो प्रक्रिया... एउटाले बढीको पेमेन्ट गर्ने र अर्काले निःशुल्क खाने-पिउने कुरा लैजाने क्रम दिनभर चलिरहन्छ ...
अर्थात् आफ्नो नाम गोप्य राखि र सहयोग गर्नेको बारेमा पनि कुनै जानकारी नलिई अज्ञात तर गरिब गुर्दाहरुको सहयोग गर्नु नै नर्वेका नागरिकहरूको संस्कार हो ।
यो देश विश्वको सबैभन्दा खुशी नागरिक भएको देश पनि हो ।cp