15/10/2026
हिजो बिहान बुटवलको एउटा औसधि पसलमा औसधि किन्न गएका थियौं औसधि लिदै थियौं त्यत्तिकैमा एकजना पाउडर दूध लिएर आए केही छिन अघि त्यहीँबाट लिएर गएका रहेछन त्यो पाउडर दूध डाक्टरले बच्चालाई नखुवाउन भनेछन र फिर्ता लिएर आए यो अधि लगेको दूध फिर्ता गरिदिनु नम्र भासामा अनुरोध गरे पसलवालाले हाम्रो पसलबाट लगेको सामान फिर्ता हुदैन भने फिर्ता गर्न आएका ब्यक्तिले मैले यो यहीँबाट लगेको त होनि भन्दा पसल वालाले हो भने,हो भने तपाईं फिर्ता किन लिनुहुन्न भने केहिछिन छलफल चल्यो।त्यो दुधको प्याकेट फिर्ता नहुने भएपछि र केही सीप नलागे पछि उनले हातको दूध दुकान अगाडि बट्टा फोरेर छरपस्ट गरेर पोखे उनी निकै दुखी भए हामी हेरि मात्र रह्यौ।यो दृश्य देखेपछी हामिलाई पनि अप्ठेरो लाग्यो केही बोलौ बोलौ भएको थियो तर विवादमा परिन्छ कि भनेर देखेको कुरापनि बोल्न मन लागेन उनी अस्पताल तिर लागे उनी गएपछी पसलवाला संग मैले भने यहाँ मानवियता देखेनौ नि हामिले उनी बिरामी लिएर अस्पतालमा आएका छन बच्चालाई दूध लिएर यहीँबाट गएको कुरा तपाईंले नै हो भन्नुभो जम्मा ८०० को कुरा रहेछ फिर्ता गरिदिनु भएको भए राम्रो हुनेथियो हजुरको कुरा हामीलाई पनि पटक्कै मन परेन है भने उनी अलि मलिन भए मानिसहरू मानवीयता भन्दा पैसालाई मात्र किन प्राथमिकता दिन्छन होला?आखिर त्यो दुधको बट्टा जस्ताको तस्तै थियो बिक्री पनि हुन्थ्यो घाटा दुबैलाई नहुने यो दृस्यले मन आजपनी अप्ठ्यारो भैरहेकोछ।
Via Facebook Feed