NuwaKoTT GHAR : House of Multiple Tourism

NuwaKoTT GHAR : House of Multiple Tourism Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NuwaKoTT GHAR : House of Multiple Tourism, Tourist Information Center, NuwaKoTT GHAR, Old Sanepa Chowk, Lalitpur/2, Lalitpur.

NuwaKoTT GHAR : NEWS & PRESS RELEASE Platform of Bikram PK (पाँडेकाजी) for his WORK on Nepal’s Tourism ECONOMICS, Saving ENVIRONMENT against CLIMATE CHANGE & Tourism DIPLOMACY.

सन्धर्भ 2025 साल लाई नियाल्दा ... बेलुका घर ढिलो जाने परिवारको सदस्य मध्ये मेरो नाम अग्रपन्ति मा पर्ने गरेको थियो, तर हि...
11/01/2026

सन्धर्भ 2025 साल लाई नियाल्दा ... बेलुका घर ढिलो जाने परिवारको सदस्य मध्ये मेरो नाम अग्रपन्ति मा पर्ने गरेको थियो, तर हिजो आज भने नातिनी जन्मिए पछि चाहिँ साँझ पर्नु अगाडि नै घर जाउँ जाउँ लाग्न थालेको छ ।
रमाइलो कुरा के हो भने, निकै वर्ष अघि
मलाई एक पल्ट एक जना प्रतिष्ठीत व्यक्तिले बडो गम्भिरताका साथ सोध्नु भयको थियो, विक्रम दाई, तपाईहरु के खानु हुन्छ हँ! तपाईको पनि एकपछि अर्को “दुईटा छोरा भयो र तपाईको भाईको पनि लगालग दुईटा छोरा नै भयो" भनेर सोध्नु भएको थियो । के कारण होला तेस्तो एउटै घरको दुईटै दाजुभाईको चार चार छोरै छोरा लगालग जन्मिनु र छोरी चाहिं नजन्मिनु ? के त्यस्तो रहस्य छ हँ! भनेर मलाई उहाँले जिस्काउनु भएको थियो ।
उहाँ सोध्ने मान्छे चाहिं एउटा शिक्षित र प्रतिष्ठित परिवार को व्यक्ति हुनुहुन्थ्यो र उहाँ पेशाले हवाईजहाज पनि उठाउनु हुन्थ्यो, उहाँ र उहाँका निकट ईष्टमित्र हरुको त्यसताका छोरी नै छोरी मात्र जन्मिएका रहेछन् । त्यसैले उहाँ छक्कै पर्नु भएको रहेछ ।
मैले पनि ठट्यौली भाषामा उहाँलाई जवाफ दिने गर्दथे त्यसताका :
म सानै देखि REGULAR WALKING EXCERCISE गर्दछु, दैनिक ७ किलोमिटर । मेरो भाई पनि SPORTS क्षेत्रमा आबद्ध भएको कारण ले पनि हुन सक्छ ।
मैले उहाँलाई के भन्थे भने “हामी ज्यादा काँठे ORGANIC खाना खान्छौं, घर घरायसी घर गाउँमा फल्दै आएको चल्दै आएको खाना खान्छौं, SEASON मा फलेको सागशब्जि खान्छौं, SEASON मा फलेको रायोको साग, पालुङ्गो, चम्सुर, बेथेको साग, फर्सी र मुन्टा, सलेगम, मुला खान्छौं र बेला बखत बारीमा उम्रेको सानो भ्यान्टा पनि खान्छौ । SEASON अनुसार कर्कलो, पिँडालु खान्छौं, SEASON अनुसार तरुल, स्कुस खान्छौं र सानेपा कन्टु ढुङ्गे धारा को पानी पिउँछौ । यो पनि एक कारण हो कि भनेर मैले उहाँको जिज्ञासालाई चित्त बुझाउने गर्थे ।
तेसताका को समयमा अङग्रेजी Missionary School पढेका शिक्षित युबा पिँढी र हुनेखाने ठुला घरानाहरु ले हामी सानेपा बासीलाई काँठें भनेर सम्बोद्धन गर्थे । हामीलाई त्यसमा कुनै संकोच थिएन ।
Channel BIKRAM : आजको मेरो रामकहानी बाट

27/12/2025
करिब ४० वर्ष अगाडीको कुरा हो, मैले सुश्री लाकफुटि शेर्पालाई वर्तमान लुक्ला अर्थात् (लुग्ला) मा भेटेको थिएँ । उनी त्यतिबे...
26/12/2025

करिब ४० वर्ष अगाडीको कुरा हो, मैले सुश्री लाकफुटि शेर्पालाई वर्तमान लुक्ला अर्थात् (लुग्ला) मा भेटेको थिएँ । उनी त्यतिबेला अमेरिकाका युवा पुस्ता हरु जस्तै आफ्नो घर आँगन को माया छोडेर एउटा नयाँ भविष्यको निर्माण सुरु गर्न र एउटा सुनौलो कर्म क्षेत्र अथवा (CAREER) पेशा मा उत्रिई अघि बढ्ने सुनौलो सपना बोकेर घरबाट निस्केकी रहेछिन् । उन को जीवन कहानी अमेरिकाको (YOUTH) नौजवान युवा युवतीकै जस्तै प्रेरणादायी कहानी थियो ।
त्यतिबेला म लाकफुटिको HEADMASTER अथवा LEADER भयर उनलाई मैले आफ्नो विद्यार्थी (TRAINEE) बनाएर तालिम गरिदिने मनशाय ले मैले उनलाई आफ्नो ट्रेकिङ् ग्रपहरु सङग काम गर्न लिएर हिडन शुरु गरेको थिएँ, जुन कुरा लाकफुटी ले आफ्नो आत्मकथा किताबमा पनि प्रष्ट पारेकी छिन् ।

आज तिनै लाकफुटिले ४० वर्ष पछि मलाई उनको पोलिटिकल पार्टीको केन्द्रिय Committee को बैठक HALL बाट नै फोन गरेर बोलाइन् र त्यसको एक महिना पछि आज २५ डिसेम्बर २०२५ अर्थात् २०८२ पुष १० गते बिहीबारका दिन उनको उज्यालो नेपाल पोलिटिक पार्टीको त्रिपुरेश्वरमा पार्टी कार्यालयको उद्घाटन समारोह मा बोलाएर आफ्नो पार्टीको लकेट (Locket) लगाइदिएर स्वागत गरिन् ।

यसरी आज लाकफुटि शेर्पा मेरो LEADER बनिन् । समय बलवान भनेको साँच्चीकै हो रहेछ, ४० वर्ष अघि म बिक्रम, लाकफुटि शेर्पाको LEADER बनेको थिँए भने, आज ४० वर्ष पछि आएर लाकफुटि शेर्पा, म बिक्रम को, LEADER बन्न पुगेकी छिन् । एस्तो बलवान समयलाई मेरो पनि सलाम छ । ए TIME TIME के बात है J***Y भनेको साँच्चिकै हो रहेछ ......

Channel BIKRAM : आजको मेरो रामकहानी बाट

यसपालि नुवाकोट घरमा ४६औँ विश्व पर्यटन दिवस भव्यताका साथ मनाइँदै छ । यो हाम्रो ७औँ संस्करण हो जस्मा विगतका वर्षहरु झैँ यो...
23/09/2025

यसपालि नुवाकोट घरमा ४६औँ विश्व पर्यटन दिवस भव्यताका साथ मनाइँदै छ । यो हाम्रो ७औँ संस्करण हो जस्मा विगतका वर्षहरु झैँ यो वर्ष पनि

१. नयाँ पर्यटकीय गन्तव्य स्थलको घोषणा गरिनेछ ।
२. पर्यटन क्षेत्रमा ठूलो योगदान पुरायको व्यक्तिव्यलाई सम्मान गरिने छ ।
३. नेपालको गीत संगीत क्षेत्रका लोकप्रिय गीत लेखक तथा रचनाकार लाई सम्मान गर्दै उहाँको जीवनीलाई श्रष्टा पर्यटनको रुपमा प्रस्तुत गरिनेछ ।

स्मरण रहोस्, पोहोर साल २०२४ मा छैठौं विश्व पर्यटन दिवस विविध प्राविधिक कारणले केही ढिलो मनाइयो । जसमा नेपाल पर्यटन बोर्डबाट डारेक्टर सुनिल शर्मा र हिक्मत सिंह ऐर को साथसाथै पूर्व माननीय पर्यटन मन्त्री श्री याङ्किला शेर्पा, ललितपुरका मेयर चिरीबाबु श्रेष्ठ, उज्यालो नेपालका जननायक कुलमान घिसिङ, बाणिज्य मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की तथा पूर्व पर्यटन सचिव केदार बहादुर अधिकारीको उपस्थिति सङगै द्रुतगतीका सगरमाथा आरोही स्पिड काजी शेर्पा, पत्रकार समुह तथा छर छिमेकका मान्यवरहरुको उपस्थितिमा हर्षउल्लासका साथ मनाइएको थियो ।

हाम्रो यस्तो शुभकार्य सफलता को लागी हरेक बर्ष नुवाकोटको भैरवीस्थानको प्रसिद्ध “भैरवी भुजा” को प्रसाद खुवाएर भैरवी माताको आर्शिवाद मा विश्व पर्यटन दिवस मनाउँदै आउने गरेको पनी सर्वसाधारणलाई जानकारी गराउन चाहन्छौँ ।

विश्व पर्यटन दिवस नेपालमा PUBLIC LEVEL बाट पनि मनाउन सुरु गरिएको यो हाम्रो एकल सोच र एकल प्रयासमा थालिएको हो, जसको मुख्य कारण विश्व पर्यटन दिवस नेपालको घरघरमा, चोकचोकमा, टोलटोलमा पनि मनाउन सुरु होस, जसबाट आफ्नो टोल छिमेकमा भएका पर्यटकीय आकर्षक विन्दु र स्थलहरुलाई बाहिर प्रकाशमा ल्याई आन्तरिक पर्यटन जन्माउने परिपञ्च हो ।

हामीले पहिल्यै पनि भनिसकेका छौं कि हामीले यसरी विश्व पर्यटन दिवस मनाउने उद्देश्य भनेको मुख्य रुपमा नेपाल पर्यटन बोर्डको सपना पुरा गर्न मद्दत मिलोस् भन्ने नै हो, र त्यस्तै नेपाल सरकारको "पर्यटन बाट समृद्धि" भन्ने नारामा पनि हाम्रो प्रयासबाट होष्टे मा हँईसे पुग्न सकोस् भन्ने नै हो ।
यो पर्यटन बोर्डको विपक्षमा सुरु गरेको कार्यक्रम होइन । यो कुनै सरकारी गैर सरकारी, राजदुतावास, NGO तथा INGO बाट आर्थिक अनुदान लिएर सुरु गरिएको प्रोजेक्ट पनि होइन ।

यो त एक पवित्र पर्यटन प्रबर्धन कार्य हो जसबाट सर्वसाधारण जनताहरुले केहि सिकुन्, केहि जानुन्, केहि गरुन् र केहि आय मुलक आर्जन मुलक काम गरी आ–आफ्नै सिप र कलाले आफ्नो जीवनमा केहि आर्थिक समृद्धि ल्याउन सकुन् भन्ने नै हाम्रो मूल सपना हो ।

यो त आफ्नो देशवासीहरुलाई आफ्नै घर आँगनमा भएका पर्यटन महत्वका आकर्षक स्थलहरु, आकर्षक इतिहास अथवा लोककथाहरुलाई परिचालन गरेर आफ्नो क्षेत्रलाई एउटा पर्यटकहरुको आकर्षण केन्द्र बनाउनु नै हो र आफ्नै बलमुता बाट, आफ्नै घर आँगनबाट उद्यमी बन्ने, कला सिक्ने सुरुवाती दिन का स्टार्ट अप (Startup) यूनिभर्सिटि अथवा विश्व विद्यालयको परिकल्पना हो ।


आज बिहान बिहानै आफ्नो वडा अध्यक्ष श्री राजेश महर्जन सँगै सानेपामा लोकल बासिन्दाको पहिचानमा वर्तमान् गृहमन्त्री श्री ओम प...
22/09/2025

आज बिहान बिहानै आफ्नो वडा अध्यक्ष श्री राजेश महर्जन सँगै सानेपामा लोकल बासिन्दाको पहिचानमा वर्तमान् गृहमन्त्री श्री ओम प्रकाश अर्याल ज्यु लाई शिष्टाचार भेट गर्न उहाँको निवासस्थानमा पुगियो । उहाँ भर्खरको YOUNG उमेरको युवा मन्त्री हुनु हुँदो रहेछ र हाम्रो आफ्नै सानेपा राजघाट मार्ग निवासी चेलीबेटी बिहे गर्नु भएको रहेछ । बडा खुसी लाग्यो ।

रमाइलो के लाग्यो भने उहाँलाई धेरै फोन कलहरु नआउने रहेछ । जब कि पहिले पहिले का मन्त्री ज्यूहरुलाई भेट्न जाँदा सेकेण्ड सेकेण्ड र मिनेट मिनेटमा फोन कलहरु आइराखेको हुन्थ्यो ।

हाम्रो कुनै सुत्रीय मागहरु थिएनन, त्यसैले भेटघाट अन्यन्त मैत्रीपूर्ण छिमेकी सदभाव को वातावरणमा सम्पन्न भयो ।

अन्त्यमा लुम्बिनी सद्भावना दूत को हैसियतले मैले उहाँलाई लुम्बिनीबाट ल्याएको बुद्ध खादा ओढाएर बुद्ध मन्त्र वाचन गर्दै बुद्धको आर्शिवाद लागोस् भन्दै शुभकामना व्यक्त गरेँ ।

"May Lord Buddha BLESS Honorable Home Minister Mr. Om Prakash Aryal for
Enlightenment".

Channel BIKRAM : आजको मेरो रामकहानी बाट

हिजो राती कपिलबस्तु दरबार मा 2620औं महाभिनिशकर्मण GREAT RENUNCIATION पर्ब भब्यता का साथ मनाईयो । यो सातौँ महापर्ब थियो 2...
11/07/2025

हिजो राती कपिलबस्तु दरबार मा 2620औं महाभिनिशकर्मण GREAT RENUNCIATION पर्ब भब्यता का साथ मनाईयो । यो सातौँ महापर्ब थियो 2613 बर्ष सम्म पुरातत्वो ईतिहास मा पुरिएर बसिरहेको ।
सन 2019 मा लुम्बिनी का सदभावना दुत बिक्रम ले शाक्य युबराज सिद्धार्थ गौतम बाट यो गुरु पुर्णिमा को दिन दरबार त्याग गरेको घटना लाई बुद्धिष्ट पर्ब को रुपमा बुद्धिष्ट पर्यटक हरु आकर्षित गर्न आयोजना गर्न शुरु गरायका हुन ......

मध्यरातमा राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि राजसी सुखसयल त्याग गरेको दिनको स्मरण गर्दै कपिलवस्तुस्थ.....

Earlier AWARD of 2023 for Everybody’s Interest.
07/07/2025

Earlier AWARD of 2023 for Everybody’s Interest.

Address

NuwaKoTT GHAR, Old Sanepa Chowk, Lalitpur/2
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when NuwaKoTT GHAR : House of Multiple Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share