03/06/2026
सरकारले विदेशबाट नेपाल फर्कने नेपालीहरुको लागि निम्न वस्तुहरुमा महसुल पूर्ण छुट गर्नेव्यवस्था गरेको छ ।
- महसुल पूर्ण छुट हुने वस्तुहरू
✅ वैदेशिक रोजगारमा गई कम्तीमा ६ महिना काम गरेर फर्केका नेपाली नागरिकका लागि
व्यक्तिगत प्रयोगका लागि ल्याउने एक-एक थान tablet, laptop, desktop computer, घडी, क्यामेरा आदि बाहेक
थप एक थान नयाँ मोबाइल फोन
✅ वैदेशिक रोजगारमा कम्तीमा १२ महिना काम गरेर फर्केका नेपाली नागरिकका लागि
एक पटक मात्र ६५ इन्चसम्मको टेलिभिजन (TV)
✅ उपचार गरेर फर्कने बिरामीका लागि
साथमा ल्याइएका औषधिहरू
✅ शारीरिक रूपमा अशक्त व्यक्तिका लागि
सहाराको रूपमा प्रयोग गरिने सहायक सामग्री
✅ खाद्य सामग्री
७ किलोग्रामसम्म खाद्य परिकार
✅ विशेष अवस्था
तोकिएको परिमाणभन्दा बढी सामान ल्याइएमा यात्रुको अवस्था, परिवार संख्या, बसेको देश तथा विदेशमा बसेको अवधि हेरी सम्बन्धित भन्सार कार्यालय प्रमुखले आवश्यकताअनुसार थप छुट दिन सक्ने व्यवस्था।
यात्रा गर्नुअघि वा सामान ल्याउनुअघि नवीनतम नियम तथा कार्यविधि हेर्नका लागि नेपाल सरकारको आधिकारिक भन्सार विभागको वेबसाइट उपयोगी हुन सक्छ: